प्रकाश समीरको ‘गरिबीको झोला’ (भिडियोसहित)

काठमाडौं । गायक प्रकाश समीरको दशैं विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको गीतमा प्रकाश समीरकै शब्द र एलेन घिमिरेको संगीत रहेको छ ।

विशेषगरी कोरोनाका कारण परदेशमा रोकिएका नेपालीहरुको कथा, व्यथालाई गीतमा प्रस्तुत गरिएको छ । कोरोनाले परदेशीहरुलाई दिएको दुःखलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । प्रकाश समीरकै अभिनय र निर्देशन रहेको गीतको भिडियोमा चर्चित मोडल रंजिता गुरुङको अभिनय रहेको छ । समीर मिडियाले तयार गरेको प्रस्तुत गीत प्रकाश समीरको अफिसिएल यूटुव च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया