आज थपिए १ हजार २०४ जना संक्रमित, निको हुने १ हजार ४४७

काठमाडौं । शनिबार देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार २०४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६२ हजार ७९७ जना पुगेको छ । पछिल्लो पटक शनिबार १ हजार २०४ जना संक्रमित थपिएका हुन् । यसैगरी ४५ हजार २६७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया