खोजखबर

कैलाली एफएममा कार्यरत पत्रकार जंगलमा मृत फेला

सौर्य अनलाइन २०७७ असोज २ गते १५:३४ मा प्रकाशित

धनगढी । कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छन्। घोडाघोडी नगरपालिका वडा नम्बर ४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन् । प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्। प्रहरीले घटनास्थलमा पुगेर शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय