ताप्लेजुङ र कोहलपुरमा सानिमा बैंक

काठमाडौं । सानिमा बैंक लिमिटेडले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ । यो बैकको ८१औँ र ८२आंैँ शाखा कार्यालय हो । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ स्थित ताप्लेजुङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रूपमा गरेका हुन् ।

यसैगरी बाँके कोहलपुर नगरपालिका–११ एनटिभी रोडस्थित कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रूपमा गरेको पनि बैंकले जनाएको छ ।

यी शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया