खोजखबर

वामदेव गौतम राष्ट्रियसभामा मनोनीत

सौर्य अनलाइन २०७७ असोज १ गते १६:५५ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् ।

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट संघीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय