प्राचीन संस्कृत साहित्यहरू जस्तै ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न अभिलेखहरूमासमेत किराती जातिहरूका बारेमा उल्लेख भएको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि धर्म ग्रन्थहरूमा पनि किरात जाति छुटेका छैनन् । त्यति मात्रै होइन, किरातहरू प्राचीन वास्तुकला, शिल्पकला, लोक–कला, चित्रकला आदिमा पनि चित्रित छन् । भनिन्छ, किरात सभ्यता विश्वमा भएका सबैभन्दा पुरानो सभ्यताहरूमध्ये एक हो ।
अहिले प्रायः सबै जात वा जाति र धर्म तथा सम्प्रदायमा आगामी जनगणना (२०७८ को १२औँ) मा जात वा जाति के लेख्ने ? धर्म तथा सम्प्रदायमा के लेख्ने ?, अझ त्यतिले मात्रै भएन, मातृभाषा के लेख्ने ?, पूर्खाको भाषा के लेख्ने ?, दोस्रो भाषा के लेख्ने ? आदि बारे बहस र छलफल भइरहेको छ । खासगरी यो काम सूचना र प्रविधिको विकास क्रमसँगै पछिल्लोपटक फेसबुक, मेसेन्जर, यु ट्युब, ट्विटर, जुम आदिको प्रयोगद्वारा धेरैजसो बहस र छलफल भइरहेको देखिन्छ ।
गत भदौ १७ गते ‘सार्वजनिक न्युज डट कम’मा ‘जनगणनामा जातिको महलमा ‘राई’ धर्मको महलमा किरात लेखाउन पोस्टर’ शीर्षकको समाचार प्रकाशित भएको थियो । वास्तवमा यो लेख कसैसँग रिसराग राखेरभन्दा पनि ‘हाम्रो असली पहिचान ‘राई !’ नै हो त ?’ ‘राई !’ का बारेमा आममानिसहरू माझ प्रस्ट होस्, भनेर लेखिएको हो । वास्तवमा ‘राई !’ के हो त ? बहस र छलफल गर्ने हो कि ? भनेर लेखिएको हो । किनभने, ‘राई !’ नेपालको कुनै जात वा जाति नै हुन्थो भने, त्यो वेला ‘रैती’ अर्थात् ‘ढाक्रे’ भनिने सर्वसाधारण जनताहरूले आफ्नो नामको पछाडि ‘राई’ लेख्न खोज्दा वा लेख्दा असली अर्थात तालुकदार वा भनौँ जिम्मावालहरूले किन ‘तैँले नपाएको राई र कसरी लेखिस्, ?’ भनेर किन कारबाही गर्थे ?
यस बारेमा थप जान्न चाहनेहरूले काठमाडौंलगायत नेपालको सुविधा सम्पन्न सहर–बजारमा उपलब्ध त्यो बेलाका असली ‘राई !’ का (नोटः असली ‘राई !’ किन भनियो भने माथि असलीबारे लेखिएकै छ) जेठो छोरोहरूलाई भेला गराएरै सोधखोज गर्दा अझ राम्रो र प्रष्ट हुने देखिन्छ । अथवा ‘राई नेपालको कुनै जात वा जाति नभएर पदवी वा पगरी अथवा तालुकदार वा भनौँ जिम्मावाल नै भएता पनि अब हामी जात वा जाति मान्छौँ !’ भनेर सार्वजनिक रूपमा घोषणा गरेर आ-आफ्नो समुदायलाई जानकारी गराएर जाँदा अझ राम्रो होला कि ?
दुर्गामणि देवानले आफ्नो असली ‘राई !’ बाबुको मृत्युपछि ०४५ सालमा ‘राई !’ भएका थिए । यो पंक्तिकारलाई भोजपुर जिल्ला घर भएका डा. शिवकुमार राई जो ०६४ सालपछि बनेको तत्कालीन माओवादी सरकारको कार्यकालमा राष्ट्रिय योजना आयोगको सदस्य पनि भएका थिए, उनले सन् २००७ को विश्व आदिवासी दशकको अवसरमा काठमाडांैको मल्ल होटेलमा भएको कार्यक्रममा यो कुरा स्वीकार गरेका थिए । फ्लोर ओपन भएपछि मैले (यो पंक्तिकारले) ‘राई जात वा जाति होइन । तर, यही राईलाई जात मान्दा २२ (राई यायोक्खाले २८ भाषी भन्छ ।) भन्दा बढी जातिहरूको जातीय अस्तित्व नष्ट भएर जाँदैछ ।’ भन्दा त्यो वेला प्रतिवेदक (रिपोर्टर) भई काम गर्दै गरेका गणेश राई, जो कान्तिपुर दैनिकका पत्रकार हुन्, उनलेचाहिँ मलाई खिल्ली उडाउँदै वा हियाएर ‘राई जात होइन होइन त, राई जात होइन होइन त ।’ भन्दै थिए ।
लन्च ब्रेक भएपछि डाक्टर शिवकुमार राई मेरो टेबलनिर आएरै (फलेको फलको हाँगो नुहिन्छ भनेको सायद त्यही होला !) ‘भाइ, तपाईंले साह्रै राम्रो प्रश्न उठाउनुभो, वास्तवमा मेरो असली अर्थात् तालुकदार वा भनौं जिम्मावाल÷असली ‘राई !’ बाबु÷बुबाले भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमीन रैतीहरूको नाममा दर्ता गर्नुपर्ने भयो । सो क्रममा नामपछि थर वा जात के लेख्ने ? समस्या भयो । किनभने, अहिलेको भाषामा जनता भनिनेहरूलाई पूरानो घरायसी कागजहरूमा रैती, ढाक्रे वा ज्यमी÷जिमी लेख्ने गरिन्थ्यो÷लेखिन्थ्यो । त्यसैले ती बाबैले यी ‘रैती’÷‘ढाक्रे’हरूलाई कहाँ ‘राई !’ लेख्न दिन्छु ! म पो ‘राई !’ हुँ, यिनीहरू कसरी ‘राई !’ भनी अड्डी कसे । त्यसरी कुनै हालतमा आप्mनो ‘रैती’÷‘ढाक्रे’हरूलाई ‘राई !’ लेख्न नदिने अड्डी कसेपछि के गर्ने त, के लेख्ने त ? भनी ५/६ दिसम्म गाउँका पञ्च–भलाद्मीहरूले निरन्तर भेला भई छलफल गर्नुपरेको थियो अरे ! अन्ततः भूमिसुधार ऐन लागू भएसँगै ती असली ‘राई !’हरूको पद पनि गयो भने, ‘राई !’ भएवापत गरेको ‘राइँ–दाई !’ र सित्तैमा खाँदै आएको बिलो पनि सकियो । राईवाला कमरेडहरू, ‘राई !’ का बारेमा वास्तविक कुरो यस्तो छ है !
किरातहरूका बारेमा विदेशी तथा स्वदेशी लेखक एवम् इतिहासकारहरूले अनेकौँ किताब लेखेका छन् । किरातहरू प्राचीन भारतीय उपमहाद्वीप र नेपालको अति प्राचीन महाजाति हो । प्राचीन संस्कृत साहित्यहरू जस्तै ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न अभिलेखहरूमासमेत किराती जातिहरूका बारेमा उल्लेख भएको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि धर्म ग्रन्थहरूमा पनि किरात जाति छुटेका छैनन् । त्यति मात्रै होइन, किरातहरू प्राचीन वास्तुकला, शिल्पकला, लोक–कला, चित्रकला आदिमा पनि चित्रित छन् । भनिन्छ, किरात सभ्यता विश्वमा भएका सबैभन्दा पुरानो सभ्यताहरूमध्ये एक हो ।
ब्रह्मपुत्र तथा गंंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास किरात सभ्यताको विकास भएको मानिन्छ । एसिया महादेशको ठूलो भू–भागमा किरात÷किरातीहरू रहेका थिए । किरातीहरू कस्मिरदेखि पूर्व, कामरुपदेखि पश्चिम, भुटानदेखि मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनार, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विस्तारित थिए । त्यस्तै किरातीहरूको ऐतिहासिकता संस्कृत साहित्यको अथर्ववेद, वाल्मीकि रामायण र महाभारतमा (किराती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ ।
कुनै बेला एसियाको ठूलो भू–भागमा फैलिएका किरातीहरू अहिले आएर बाह्य क्षेत्रबाट प्रवेश भएका मानिसहरूको हस्तक्षेप तथा उपनिवेशका कारण विस्थापित हँुदै आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहेका छन् । आपूmलाई खुलेर किरात/किराती दावी गर्ने जातिहरू दक्षिण एसियाको पनि नेपाल, नेपाल देशको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग) को सानो भू–भागमा रहेका केही मात्रै छन्, जसले अभैm पनि आपूmहरूलाई प्रस्ट रूपमा किराती भनी चिनाउँछन् । तर, उनीहरूलाई पनि ‘राई!’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ करण गरिएका कारण उनीहरूको असली किराती स्वपहिचान पनि ओझेलमा पर्दै गएको अवस्था छ ।
‘राई !’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका अर्थात् ‘करण !’ मा परेका किरातीहरूमा सबैभन्दा बढी खम्बुका सन्तानहरू देखिन्छ । हुन त हाल आएर मेत्नाहाङका सन्तान लिम्बुले आफ्नो जात ‘सुब्बा’ हो भनी लेख्न छाडिसके । त्यस्तै लाङलेवाका सन्तान कोइँच (सुनुवार) ले पनि आप्mनो जात ‘मुखिया’ हो भनी लेख्न छाडीसके । उता मेवाहाङका सन्तान याक्खाले पनि आप्mनो जात ‘देवान’ वा ‘जिमी’ हो भनी लेख्न छाडिसके । यसरी हेर्दा सबैभन्दा धेरै ‘करण !’ मा खम्बुका सन्तानहरू त्यसमा बान्तावा र चाम्लिङ जाति परेको देखिन्छ । जस्तो कि ०६८ सालको जनगणनाअनुसार, बान्तावा जातिको जनसंख्या ४ हजार ६ सय ४ जना रहेको छ । त्यस्तै चाम्लिङ जातिको जनसंख्या ६ हजार ६ सय ६८ जना रहेको छ । तर, भाषा वक्ता संख्या भने, बान्तावाको १ लाख ३२ हजार ५ सय ८३ जना छ भने चाम्लिङको भाषा वक्ता संख्या ७६ हजार ८ सय जना रहेको छ । बान्तावा र चाम्लिङको जनसंख्या र भाषा वक्ता संख्यामा त्यत्रो फरक कसरी भयो ? कि बान्तावा र चाम्लिङको भाषा नेपाल अन्य जातजातिले पनि बोल्छन् ? राई जातिवाला राई सर÷राईनी म्याडमहरू, प्रश्न त गम्भीर पो छ है ।
मान्छेहरूले सुन्दा अचम्म मान्लान् । कतिपय मान्छेहरूले त नपत्याउलान् पनि । तर, ०५७÷५८ सालदेखि नै खम्बुका सन्तानहरूमध्ये कुलुङ जातिका अगुवाहरूले ‘राई’ जात वा जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘पदवी’ वा ‘पगरी’ ‘राई !’लाई जातिको रूपमा लेख्न छाडेर आफ्नो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौँ ! भनी आन्दोलन र जनवकालत गर्न थालेको थियो ।
प्रतिक्रिया