लुटेरा समूहले गोलि चलायो, एकजना घाइते

सर्लाही । चक्रघट्टा गाउपालिकामा आज एक लुटेरा समूहले गोलि चलाउदा कविलासी नगरपालिका ३, विनगराका अन्दाजी ४० वर्षिय सुरेन्द्र चौधरी घाइते भएका छन् । चौधरीलाई बुधबार अपराह्न ३ बजेको समयमा मदनपुरबाट चक्रघट्टा बजारतर्फ आउदै गर्दा दुई जनाको समुहमा रहेका लुटेराहरुले बायाँ तिघ्रामा गोलि प्रहार गरेको हो । चौधरीसंग भएको पैसा लुट्नका उनि माथी गोली चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी गराएका छन् ।

चौधरीले विनगरा स्थित आफ्नो घरबाट मोटरसाइकलमा करिब ३ लाख रुपैया लिएर एनआइसी एसिया बैंकको चक्रघट्टा शाखामा डिपोजिट गर्न आउने क्रममा लुटेरा समूहले वीचबाटोमा मोटरसाइकल रोकेर पैसा लुट्न खोज्दा चौधरीले सहजै पैसा दिन नमान्दा लुटेरा समूहले गोली प्रहार गरेको थियो । बायाँ तिघ्रामा गोली लागेर घाइते भएका चौधरीको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ । गोली प्रहार गरि फरार भएका लुटेरा समुहको खोजीकार्य तिब्र पारिएको एसपी राठौरले बताए ।

प्रतिक्रिया