फुड बैंकमा साग स्वर्णधारी महर्जनको सहकार्य

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनले आर्थिक रुपमा कठिनाई परेका झन्डै २ सय परिवारलाई मंगलबार खाद्यान्न सहयोग गरेका छन् । नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनको संयोजनमा लतिलपुर क्षेत्र नंं १ चापागाँउमा सञ्चालित फुड बैंकमार्फत स्वर्ण पदक विजेता महर्जनले खाद्यान्न सहयोग गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष एवंम पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनको संयोजनमा २१ दिन यता फुड ब्याक सञ्चालन भइरहेको छ । ‘हुनेले दिएर जाउँ,नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ फुड बैंक सञ्चालन गरिएको महर्जनले जानकारी दिए । चापागाउँमा सुरु भएको फुड ब्याक ठेचो धापाखेल लुभु हरिसिद्धी लगाएत ललितपुर महानगपालिकाको विभिन्न वडा हरुमा सञ्चालन भइरहेको बताइएको छ । कोरोना भाइरस कोभिड १९ का कारण दैनिक ज्यालादारी गर्ने, कमजोर आर्थिक अवस्था भएका र डेरा गरि बस्नेका लागि मुख्यतः खाद्यान्न सहयोग गरिएको महर्जनले बताए ।

‘कोभिड १९ का कारण धेरैले आफ्नो रोजगारी गुमाएका छन्, दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई आफ्नोतर्फबाट फुड बैंकमार्फत सहयोग गरेको हु , ‘स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागका करातेका स्वर्ण पदक विजेता महर्जनले भने,’ हुनेले दिने नहुनेले लिएर जाने अभियानमा समावेश हुँदा खुसी लागेको छ । आफ्नो जिल्लामा सहयोग गर्नु मेरो पनि कर्तव्य हो ।’
फुड बैंकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि खाद्यान्न सहयोग गरेको थियो ।

प्रतिक्रिया