पुलबाट नदिमा हामफालेर आत्महत्या

प्युठान । बाग्दुलाको पुलबाट झिमरुक नदिमा हामफालेर एक व्यक्तिले आत्महत्या गरेका छन् । प्युठान नगरपालिका– १० बडरा निवासी ५० वर्षिय धनिराम कुमालले शनिबार दिउँसो प्युठान नगरपालिका– ८ बाग्दुलामा रहेको पक्की पुलबाट झिमरुक नदिमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यठानले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव प्युठान नगरपालिका– ४ स्थित झिमरुक किनारको राना बगरमा फेला परेको थियो । मृतक मानसिक सन्तुलन ठिक नभएको र औषधि सेवन गर्दै आएकोले पुलबाट हाम फालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

प्रतिक्रिया