सडकबाट २ सय मिटर तल खस्यो जीप

बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको सिल्लेगडामा शनिबार जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४० वर्षीय करन ऐरी छन्। जीप जीपधनी आफैले चलाइरहेका बेला दुर्घटनामा परेको हो ।

सिल्लेगडाबाट खोचलेक गइरहेको से१ज ३२८ नम्बरको जिप अपराह्न ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो । जिप सडकबाट २ सय मिटर तल खसेको छ।

प्रतिक्रिया