रुसले गर्यो कोरोना भ्याक्सिनको उत्पादन सुरु भएको दाबी

एजेन्सी । रुसले कोरोना भाइरस भ्याक्सिन उत्पादन सुरु भएको दाबी गरेको छ । रुसस्थित स्वास्थ मन्त्रालयले भ्याक्सिनको उत्पादन सुरु भएको जनाएको हो । औपचारिक नाम ‘गाम–कोभिड–भाक’ भएपनि यस भ्याक्सिनलाई ‘स्पुटनिक पाँचौ’ उपनाम दिइएको छ ।

सोभियत युनियनले अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाईट स्पुटनिकको नामबाट त्यसको नामकरण गरिएको छ । मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन आफ्नो देशमा दर्ता भएको घोषणासमेत गरेका थिए ।

उनले भ्याक्सिन पूर्ण सुरक्षित रहेको दाबी गरेका थिए । गामायिला नेशनल रिसर्च सेन्टरले विकास गरेको यस भ्याक्सिनले कोरोनाविरुद्ध जुध्नका लागि मानिसको प्रतिरोधी क्षमतालाई बलियो बनाउने रुसको दाबी छ । २० भन्दा धेरै देशले यस भ्याक्सिनको प्रयोगका लागि इच्छा प्रकट गरेको रुसले दाबी गरेको छ ।

प्रतिक्रिया