ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक संचालक समिति स्रोतले जानकारी दियो ।

चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले २० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेकाको देखि वित्तीय क्षेत्र सुधारको क्रममा नेपाल बैंकमा व्यवस्थापन विदेशीले संहाल्दा उच्च तहमा सँगै काम गरेको अनुभव पनि हासिल गरेका छन् ।

उनी नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पहिलो पटक प्रमुख कार्यकारी अधिकृत भएका थिए । एनसीसी बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएपछि बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

ग्लोबल आइएमई बैंकको ४ वर्षे कार्यकाल पूरा भएपछि बज्राचार्य सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सनराइज बैंकमा पनि ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए ।

बज्राचार्य अहिलेसम्म जुन बैंकको प्रमुख कार्यकारी अधिकृत भएका छन्, ती बैंकमा एक कार्यकाल पूरा गरेका छन् । र, उनले कार्यकाल दोहोर्याएका छैनन् । करिब १ वर्षअघि तत्कालिन जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि परशुराम कुवँरले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेका थिए । तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमई बैंकमा मर्ज हुने वित्तिकै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका बज्राचार्यले पोष्ट मर्जर व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया