विश्व

दिल्लीमा २४ घण्टामा १ हजार १९२ कोरोना संक्रमित, ११ जनाको मृत्यु

सौर्य अनलाइन २०७७ साउन ३० गते १८:५७ मा प्रकाशित

एजेन्सी । भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ११ संक्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ ।

योसँगै दिल्लीमा शुक्रबारसम्म संक्रमित भएका व्यक्तिको सङ्ख्या १ लाख ५० हजार ६५२ पुगेको छ । दिल्लीमा चार हजार १७४ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । राष्ट्रिय राजधानीमा हाल सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ३६६ पुगेको छ ।

दिल्लीमा शुक्रबार कोरोना संक्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७९० रहेको छ भने अहिलेसम्म एक लाख ३५ हजार १०८ सङ्क्रमित निको भई घर फर्किएका छन् । दिल्लीमा हालसम्म १२ लाख ७३ हजार १४० को कोभिड–१९ परीक्षण गरिएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गत २४ घण्टामा संक्रमितको सङ्ख्या ६४ हजार ५५३ पुगेको छ भने एक हजार संक्रमितको मृत्यु भएको छ । भारतभर कूल सङ्क्रमितको सङ्ख्या २४ लाख ६१ हजार १९१ रहेको छ भने छ लाख ६१ हजार ५९५ अझै संक्रमित अवस्थामा रहेका छन् । संक्रमितमध्ये देशभर ४८ हजार ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय