पहिरोले घर पुरिदा ६ जनाको मृत्यु

कालिकोट । जिल्लाको महावै गाउँपालिका वडा नं ३ नकुमा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । लगातार भएको बर्षाका कारण रातिको १२ बजेतिर वडा सदस्य रज बहादुर विष्टको घर पहिरोले पुरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका स्वकीय सचिव खेम बहादुर सिंहका अनुसार पहिरोमा परेर रज बहादुर विष्टका १३ वर्षिय छोरा पुष्प विष्ट, ११ वर्षिय प्रविण विष्ट, १८ वर्षिय छोरी सविना विष्ट, १५ वर्षिय छोरी आशा विष्टको मृत्यु भएको हो । सोही घरमा सुतिरहेका रजबहादुर विष्टका दाजु डिल बहादुर विष्टका १९ वर्षिय छोरी सान्ती विष्ट र १० वर्षिय छोरी रेशा विष्टको पनी मृत्यु भएको छ । महावै गाउँपालिका वडा नं। ३ नकुमा शुक्रबार विहान गाउँपालिकाको टोली घटनास्थल सम्म प्रस्तान गरेको छ ।

गाउँपालिका उपाध्यक्ष मनराज शाही,लेखा अधिकृत मलिम रावत लगाएत स्थानिय बासीहरु घटना स्थल सम्म गएका छन् । गाउँपालिका उपाध्यक्ष शाहीले तत्कालै पिडित परिवारलाई ३० हजार नगद सहयोग गर्ने बताएका छन् । यस्तै महावै गाउँपालिका वडा नं। ५ मा हृदयघातका कारण एक जनाको मृत्यु भएको छ । महावै गाउँपालिका दलित संजाल का अध्यक्ष सपुरे विश्वकर्माको गएराति मृत्यु भएको हो । आफ्नो कामकाज सकाएर घरतिर आइसकेपछी उनको हृदयघातका कारण मृत्यु भएको हो । यस्तै जिल्लाको नरहरीनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा दुर्इ जना घाइते भएका छन् ।

 

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया