सामुदायिक होमस्टे सुनसान

सिन्धुली । कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङमा जिल्लामा पहिलोपटक सञ्चालन गरिएको भद्रकाली सामुदायिक होमस्टे यतिखेर सुनसान बनेको छ । विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण होमस्टे सुनसान बनेको सञ्चालकहरूको भनाइ छ ।

कोरोना भाइरसको डरले होमस्टे बन्द गरेर राखेको भद्रकाली होमस्टेका अध्यक्ष चेतबहादुर थापाले बताए । होमस्टे ०७६ माघमा उद्घाटन भएको थियो । होमस्टे उद्घाटनपछि चैतसम्म जिल्लाकै आन्तरिक नौ जना पर्यटक आएको अध्यक्ष थापाले बताए । ‘११ चैतदेखि लक डाउन भयो त्यसपछि अहिलेसम्म एक जना पनि आएका छ्रैनन’, उनी भन्छन्, ‘होमस्टे चलाउने गाउँका अरू सञ्चालकले पनि यो महामारीको बेला मान्छे नराख्ने भनेका छन् त्यसैले अहिले कोही छैनन् ।’

बागमती प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रमअन्तर्गत २० लाख र कमलामाई नगरपालिकाको पाँच लाख लागतमा ढुंगे्रभञ्ज्याङमा भद्रकाली सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको थियो । पर्यटन प्रवद्र्धन गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न होमस्टे सञ्चालनमा ल्याइएकोे सञ्चालक बताउँछन् ।

बिपी राजमार्गसँग जोडिएको ढुंग्रेभञ्ज्याङ नजिकै नेपालकै वीरताको गाथा बोकेको ऐतिहासिक सिन्धुलीगढी रहेको छ । यो बाहेक राजधानी र तराईका जिल्लाबाट नजिकै रहेको, चिसो हावापानी, प्राचीन भद्रकाली देवीको मन्दिर, प्राकृतिक मनमोहक दृष्य भएकाले स्थानीयले ढुंग्रेभञ्ज्याङमा होमस्टे सञ्चालन संभव देखेका बताउँछन् । होमस्टेको एकपटकमा ५० जना पाहुना राख्नसक्ने क्षमता रहेको छ । कोदो, फापर, चिनो, कागुनो, जौ, उवा र लट्टेजस्ता रैथाने बाली लोप हँुदै गएकोले ती बालीको संरक्षण र प्रवद्र्धन गर्न ग्रामीण पर्यटनसँग जोडिएको होमस्टे निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया