रिलायन्स लाइफले सर्वसाधारणका लागि प्रारम्भिक शेयर निष्काशन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गते देखि सर्वसाधारणमा रु १०० अंकित दरका ६३ लाख कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ । कम्पनीले कुलजारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सार्वजनिक निष्काशन गरिने ६३ लाख कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३ लाख १५ हजार कित्ता शेयर, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सामुहिक लगानी कोषको लागि ३ लाख १५ हजार कित्ता शेयर र बाँकी ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिनेछ । बीमा समिति बाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुनेछ । कम्पनीले बजारको मागअनुरुपनयाँतथाउत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मकबीमाशुल्कमाल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखीकार्य गरिरहेको छ । साथै डिजिटाइजेशनलाई समेत आत्मसाथगर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।

सिद्धार्थ बैँकलगायत नेपालका प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्सले मिति २०७४ मंसिर १ गतेदेखि विधिवत रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल १०० वटा शाखा÷उपशाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया