सिकाउन सक्छ कोरोना कहरले

जीवन चुनौतीहरूको संग्रहालय हो । जिउने सन्दर्भमा समस्या आउँछन् । सिँगौरी खेलेरै जिउनु स्वादले जीवन यात्रा कसिलो र छरितो बनाउँछ । कहरसँग कहालिने हो भने जीवन गति शून्य हुन्छ । अहिलेको कोरोना जीवन कुज्याउने पीडादायी महामारीको रूप लिएर मानव अस्तित्व संकटमा पु¥याउन कस्सिएको छ । ल, हेरौँ त मान्छे घरमै थन्किएका ! यो महामारी त सृष्टिकै पहिलो असाधारण बिगबिगी ! इतिहासकै अनौठो परिदृश्य यो । पंक्तिकारको सम्पर्कमा आएका पुराना मान्छे र पुराना कुरा जानकारी राख्ने बुज्रुकबाट सुनिने अनुभव यस्तै छन् ।

मंसिरको अन्त्यतिर चीनको बुहान सहरबाट सुरु भएको कोरोना (कोभिड–१९) नामको रुघाखोकी तेस्रो महिना माघमा नेपाल आइपुग्यो । पाँचौँ महिना ११ चैत ०७६ देखि त बन्दाबन्दी –लक डाउन) सुरु नै भइहाल्यो । घरवरिपरिकै पसलमा तिहुन तरकारी किन्न जान÷आउन पनि डर मानीमानी निस्किनुपर्ने ! साता–दस दिनको अवधि तोक्दै बन्दाबन्दी थप्दै अघि बढेर तीन महिने बन्दाबन्दी पूरा गरियो । अहिले आंशिक बन्दाबन्दी चलिरहेकै छ । हुन पनि कोरोनाले विज्ञानको यति ठूलो चमत्कारलाई चुनौती दिँदै मान्छेमा हाहाकार मच्चाइदिएको छ । यो महामारी रोकथामको अर्को सहज वैकल्पिक उपाय सुझेकै छैन अझैँसम्म ।

ल, अब चलमलाउन पाइन्न, थपक्क घरमै बस, कतै कामकाजमा ननिस्क, कसैसँग भेटघाट नगर, सकेसम्म एकै परिवारका सदस्य पनि आपसमा नछोइने गरी भौतिक दुरी कायम गरी परपर बस भन्ने सरकारी आदेश र स्वास्थ्यकर्मीको सल्लाह रहेछ बन्दाबन्दी भनेको त । जसको पालना गर्ने प्रयत्न गरिरह्यौं हामीले । उता सरकारी कार्यालय सबै बन्द, स्वास्थ्यसँग सम्बन्धित बाहेक । बजार पूरै बन्द, दैनिक उपभोग्य सामग्री पसल र सूचना दिने सञ्चारगृह बाहेक । देशीविदेशी यातायात सबै बन्दाबन्दीमा । खुलेका कार्यालयमा पनि आइजाइ सहज छैन, काम हुँदैन ।

अति कम समयमा विश्वभरि फैलिन भ्याएको कोरोना रोकथामको भरपर्दो उपाय नै बन्दाबन्दी रहेछ । यो नियम पालना गर्ने देशका जनता सापेक्षतामा सुरक्षित देखिए । जसले बन्दाबन्दी अस्वीकार गरे ती देशका जनता बढी हताहत भएको पाइएको छ । नेपाल सरकार पनि रोकथामका वैकल्पिक बन्दोबस्ती मिलाउने काम छाडेर बन्दाबन्दीको मिति थप्दै नागरिकजति घरघरमा थन्क्याउँदै गर्न सजिलो मान्दै आयो ।

विश्व स्वास्थ्य संगठनले पनि बन्दाबन्दी थपाइ राम्रै मानेर समर्थन दिइरह्यो । यस्तो परिस्थितिले गाउँगाउँ पु¥याएको जनशक्ति त्यहीँको जग्गाजमिनमा कज्याएर कृषि उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको योजना कुरैमा सिमित देखिएको छ । छिटोछरितो योजना र कार्यन्वयन देखिएन जसले हाम्रो साथमा सरकार छ भन्ने भरोसा पाएर कृषि उत्पादनमा समर्पित हुँदा जीवन निर्वाह सहज हुने आधारले जनतामा आत्मविश्वास देओस् ।

मानव सृष्टि आफैँतिर फर्कंदा जहाँ जहिले पनि साना माछा खाइएको देखिने ! ठूला त ठूलै भए । हेरौँ त कति ज्यालामजदुरी गरिखाने मान्छे बिचल्लीमा परेका ! विदेशमा हुनेहरूको रोजगारी गुम्यो । घर आउन पाएका छैनन् । स्वदेशमै ज्यालादारी गर्नेहरू काम पाउँदैनन्, घर फर्कन सवारी चल्दैनन् । धेरैतिर धेरै मान्छे घर न घाटका भए । पुँजीवादको सौन्दर्य नै हो कि क्या हो ! मजदुर कज्याउने, लाभ लिने र तिनै मजदुरको जीवन अप्ठेरोमा परेका बेला सेवासुविधाबाट वञ्चित गराई लखेट्ने ? यतिबेला यस्तै मानवीय संवेदनाहीन व्यवहार देखिएको छ । हिजोसम्म काम गरिरहेका मान्छे आज बन्दाबन्दी भो ती सबै सडकमा पु¥याइए । कज्याउनेले खाइखर्च र बसाइँ बन्दोबस्ती केही वास्तै गर्न नपर्ने ? मजदुरहरू भोकभोकै पैदल हिँडेर आआफ्ना घर जान बाध्य पार्ने ? वैशाख महिनाका चर्का घाम टाउकामा थाप्दै खोकिल्लामा बच्चा च्यापेर खाली खुट्टा खुर्सानी चिउराको भरमा सुदूर पूवपश्चिमसम्मको यात्रा गरे । विदेशमा रहेका नागरिकको उस्तै बिचल्ली देखिएकै छ ।

यता खुला सिमानाको कारण भारतका विभिन्न सहरबाट स्वदेश फर्कनेहरूको अवस्था अझ बढी कहालीलाग्दो देखियो । कोरोना चेकजाँच हुन पनि नसक्ने घर पुग्न पनि नपाइने ! कस्तो अस्पष्ट व्यवस्थापन ? सरकारले काम गर्न जानेन कि चाहेन ? चारैतिर अस्तव्यस्त । स्पष्ट नीतिनिर्देशकै अभाव देखियो । जिम्मेवार तहका पदाधिकारीहरूको खटाइ देखिएन, परिणाम खै ? औपचारिक स्वाङ ठूलो । बरु यस्तो महामारीको मौका छोपी कताबाट कमिसन हत्याउने भनेर ढाडेले मुसा ढुकेभैmँ गरी बढी कमिसन दिने वा आफन्त ठेकेदारको खोजीमा लागेर समयमा किन्नुपर्ने औषधिजन्य चेकजाँचका सामग्री किन्न महिनौँ लगाउने ? बजारको प्रचलित मूल्यभन्दा तीनगुनासम्म बढाएर बिल बनाउने ? जिम्मेवार निकाय जनता र मुलुकको ढाड सेक्ने दुष्प्रयासमा रमाएको समाचारले सामान्य मान्छेका कान फटाले, मन चिरे, मस्तिष्क हुँडले, निरन्तर दुःखी बनाइरहे ।

देशभित्र त थुप्रियो थुप्रियो बेथिति ! विदेशस्थित नेपाली नियोगहरूको परिचालनमा पनि त्यस्तै समस्या ! विदेशी हवाइजहाजबाट भन्दा नेपाली हवाइजहाजबाट स्वदेश आउन बाध्य नेपाली नागरिकले झन्डै दुगना भाडा तिर्नुपर्ने ? यस्ता बेथिति त कति कति ? परिस्थिति बुझेर काम गर्न नजान्ने ! जान्ने हुनुपर्ने ! सल्लाह लिन लाज लाग्ने, आपैmँ अलिकति चिन्तन–मनन् गरी समस्याको गाम्भीर्यमा जिम्मेवारी बोधका साथ निकास खोज्ने पहलै कमजोर देखिएको टिप्पणी विशेषज्ञहरूबाट आइरहे तर सम्बन्धित निकायमा त्यसको कुनै प्रभाव नदेखिने ? कति त भएको जनशक्ति परिचालन भएन, कति विशेषज्ञतानुसार जिम्मेवारी तोक्ने कुरामा पनि राजनीतिक चस्माले रङ लगाउने, कमिसनको भाषा बुझ्ने पात्र खोजेर कामलाई गति नदिने गरेको गुनासो स्वयं कर्मचारीले गररिहे, प्रशस्त गरेकै छन्, काममा देखिएको ढिलासुस्तीले यसको पुष्टि गरिरहेको छ ।

आदर्श वाक्यमा व्यक्त आफ्नो पूर्वप्रतिबद्धता अनुसार सरकारले जनतालाई भोकै नराख्ने असल अभिभावकको भूमिका पूरा गर्ने भनेर साँझबिहानको छाक टार्न नसक्नेका लागि गरिएको राहत व्यवस्थापनमा पनि राल काढ्ने, छानी–छानी आफ्नालाई दिने, चिनेकालाई दिने, सिफारिसका आधारमा दिने, थोरै दिने धेरै परिमाणको लेखापढी गर्ने जस्ता अपचलनका खबर कान पाट्टिने गरी घण्टैपिच्छे सुनिरहनुपर्ने ? यी र यस्ता सयांँ घटना गुनासै मात्र पक्कै होइनन्, प्रत्यक्षदर्शीले भनेको यथार्थ पनि यही हो र हावा नचली पात हल्लिँदैन भन्ने प्रचलित भनाइ पनि बिर्सन सकिँदैन नै ।

खै, किन आज मान्छे अत्यधिक स्वार्थी बनेर फोहोरिएको हो बुझिनसक्नु छ । सकेसम्म जिम्मेवारीबाट भाग्न प्रयत्न गर्ने । सम्भव भएन भने सेवासुविधाका सर्त तेस्र्याएर हलो अड्काउने प्रवृत्ति त स्याउँस्याउँती फोहोरमा झिँगाभैंm अनन्त । खासमा बिरामीको अगाडि रहेर चेकजाँच गर्ने स्वास्थ्यकर्मी र शान्ति सुरक्षा कायम राख्न खटिएका सुरक्षाकर्मीको देन त प्रशंसनीय छ नै तर प्रशासनिक कर्मचारीवर्ग र राजनीतिक नेतृत्वबाट भए गरिएका काम अत्यन्त लापर्बाहीयुक्त, अस्पष्ट, अन्योलपूर्ण, जेल्याङमेल्याङ हल हल देखियो । यो महामारीलाई जनताको मन जित्ने अवसर हो भन्ने महसुस नेतृत्वले गर्नै जानेन कि कमाउ धन्दामा मस्क्यो पत्तै पाइएन । कर्मचारीवृत्तका पदासीनहरूमा जिम्मेवारी र मानवीय संवेदना बुझेर काम गर्नुपर्ने नैतिकताको त महाअनिकालै देखियो ।

विश्वव्यापी बनेको बन्दाबन्दीमा विकसित देशहरूको समेत आर्थिक अवस्था बिग्रँदै गएको खबर सुनिन्छ भने हाम्रोजस्तो मुलुकको अर्थतन्त्र समस्यामा नपर्ने कुरै भएन । उद्योग व्यापार, पर्यटन, यातायात धेरै क्षेत्र उठ्नै नसक्ने गरी शिथिल भएका छन् । अर्थतन्त्रमा पर्न आएको यो शिथिलताले दैनिक ज्याला मजदुरी गरेर खाने जनतामा झन् बढी प्रभाव पारिरहेको छ । सरकारले अभिभावकत्व निर्वाह गर्न सकिरहेको छैन । जनताको सहानुभूति बटुल्ने इमानदार प्रयत्न देखाउन पनि सकेन । उल्टै स्वार्थमा डुबेर बदनामी खेपिरहेको छ । स्थानीय सरकार, प्रान्तीय सरकार, संघीय सरकारले परिणाम देखाएर जनताको सरकार भएको अनुभूति गराउन सकेको पटक्कै देखिएन ।

बरु दुष्ट छिमेकीको मिचाहा प्रवृत्तितिर ध्यान मोड्ने, एमसिसिजस्तो राष्ट्रघाती सन्धिको बहस चलाएर जनताले भोगिरहेको कष्टलाई नेपालको नक्सा सच्याएर एउटा राम्रो कामले अर्को राष्ट्रघाती सन्धि छोपी अन्यमनस्कतिर ठोसेर सिंगै राष्ट्र«लाई थप घाइते पार्ने दुष्प्रयासको आशंकाले जनता छटपटिएको अवस्था छ । आशा गरौँ सरकार जनभावना विपरीत गएर नेपालको ऐतिहासिक गौरव कौडीको भाउमा बेच्दैन । पुर्खाले आर्जेको स्वाभिमान निलेर पटकपटक मर्दै बाँच्दै गर्ने जिउँदो लास बनाउँदैन नेपाल र नेपालीलाई ! अगुवाले आपसी मुठभेडमा जनता महामारीको भुँग्रोमा झोस्ने दुस्साहस गर्दैन ।

सृष्टिसौन्दर्य नै जीवन शिथिल बनाउने गरी आएको महामारीमा जनता घरबाहिर निस्कन नपाएको बेथाले पिरोलिइरहेकै छन् । मुलुक हुँडार प्रवृत्तिको छिमेकी अतिक्रमणले दुखिरहेको छ । यस कोरोना महामारीले थिचिरहेको छ । बाढीपैरोले उस्तै थिल्थिल्याएको छ । सरकारमा बसेका मान्छेको ध्याउन्न कमिसन र एमसिसीतिर लालायित छ । जनताको चुलो बल्न सकेको छैन । यस्तो परिस्थितिबाट पिटिएका स्रष्टा–कलाकारको मनोविज्ञान कति सिर्जनशील बन्न सकेको होला ? विचारणीय विषय छ तथापि असहज सामाजिक अवस्थाका पाठक मनमा जीवनप्रति आशाको सञ्चार गर्ने÷गराउने जिम्मेवारी के कति निर्वाह हुन सक्यो र सक्छ ?

यस दुःखद् घडीमा स्रटाकलाकारहरूले मनन् गरेकै छन् वा खुम्चिएका छन् ? गडेर हेर्दा कोरोना कहरसँग नआत्तिन सुझावयुक्त उत्साही भावका सिर्जना गरिरहेकै पाइन्छन् । देशको सीमा अतिक्रमणका विरुद्ध वीर सिपाही बनेर उभिन नेपाली जनतामा देशप्रेमी सन्देश प्रवाह गर्ने प्रयत्न पनि भइरहेको देखिन्छ । कतिपय स्रष्टाहरू कविता, कथा, लघुकथा, संवाद, निबन्ध, बालकविता, मुक्तकका माध्यबाट जनजीवनमा उत्साह थप्ने प्रयत्नमा लागिरहेको महसुस गर्न सकिन्छ । कति मान्छे त भर्चुअल गतिविधि गरेर पनि दैनिकीलाई सहज अनि गतिशील बनाउने प्रयत्न गरिरहेका छन् ।

यो कोरोनाले थोपरेको अस्थिर मनस्थितिमा पनि स्रष्टाहरू रुचिपूर्वक इन्टरनेट, युट्युब, फेसबुकलगायत प्रविधिजन्य सामाजिक सञ्जालको भरपूर उपयोगमा सक्रिय रहेको पाइएको छ । स्रष्टा समूहले कोरोनाबाट जनजीवनको सुरक्षा गर्न सरकारलाई खबरदारीसहित मार्गनिर्देश तथा संक्रमित भूमिसम्बन्धमा सचेत गराउँदै उत्साह थप्न अथक प्रयत्न गर्दै आएको सन्दर्भ उल्लेखनीय रहेको छ । स्रष्टाहरू बन्दाबन्दीकै बीचमा कृति प्रकाशन गर्न, कविगोष्ठीहरू सञ्चालन गर्न, सिर्जनात्मक सीप विकासका लागि कार्यशाला गोष्ठीहरू चलाउनसमेत पछि परेनन् ।

पक्कै पनि यो प्रविधिको प्रयोगमा रुचि बढेर आएको यथार्थ र समयले मागेको आवश्यकता पनि हो । यसले हामी समय परिस्थितिअनुसार चल्ने अभ्यासमा छौँ भन्ने देखाउँछ । हामी जनजीवनलाई भयरहित ढंगले गति दिन प्रयत्नशील छौँ, शिथिल रहँदैनौँ भन्ने यस किसिमको उत्साही सन्देशलाई यस कोरोना महामारी बीचबाट हिँडिरहेको स्रष्टा सृष्टिको महत्त्वपूर्ण उपलब्धि मान्नुपर्ने देखिन्छ ।

संक्रमण बढिरहेको यस घडीमा शैक्षिक संस्थाहरू सबै बन्द रहिरहँदा बालकहरूको भविष्य अन्योलमा परेको छ । कति शैक्षिक संस्था विद्युतीय (अनलाइन) कक्षा सञ्चालनको प्रयासमा देखिन्छन् । यसले केही सीमित विद्यार्थीलाई पठनपाठनतिर अभिमुख गरिरहेको छ भनेर मान्न सकिन्छ तर बहुसंख्यक विद्यार्थी यसको पहुँचमा छैनन् । यसले समान उमेरका केही बालकले पढ्न पाउने धेरै वञ्चित रहने अवस्था नल्याउला भन्न सकिन्न ।

उता विदेशमा रोजगारी गुमाएर स्देश फर्कने र स्वदेशमै रोजगारी गुमेको जनशक्तिलाई विशेष व्यवस्था गरी कृषिमा लगाउने सामयिक अवसरका रूपमा उपयोग गरेर देशलाई कृषिमा आत्मनिर्भर बनाउने योजनाबद्ध प्रयास सरकारबाट हुनुपर्ने तर हुन सकेको छैन । अन्य क्षेत्रमा नयाँ योजना नथपेर कृषिलाई प्राथमिकतामा राख्नुपर्ने सरकारी दायित्व पूरा हुने कुरामा विश्वास गर्न सकिने कुनै वैज्ञानिक योजना सहितको आधार देखिएको छैन । हाम्रो कुरा मानेर सरकार जनमुखी बनिहाल्ने गल्ती त गर्दैन होला तैपनि जिम्मेवार नागरिकको हिसाबले कृषिप्रधान देशका लागि उपयोगी एउटा व्यावहारिक कार्ययोजनाको नमुना पेस गरी हेरौँः

१. देशभरिका सबै स्थानीय निकायले अआफ्नो गाउँपालिका÷नगरपालिकाहरूको भौगोलिक र वातावरणीय अध्ययन विश्लेषण गरी अनुकूल हुने गरी व्यावहारिक एवं वैज्ञानिक विधि प्रक्रिया पु¥याएर आफ्ना जनतालाई कृषिउत्पादनमा लाग्ने÷लगाउने काम अबिलम्ब गर्नु÷गराउनु व्यक्ति, गाउँ र सिंगै देशको उन्नतिका लागि अनिवार्य गर्ने ।

२.देशभरिका सबै स्थानीय तहका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहने तर राजनीतिक पूर्वाग्रह नराखी समान विधि व्यवहार गर्ने-गराउने ।

३. सिंगै गाउँपालिका÷नगरपालिकाका ४० प्रतिशत जनताले अन्न उत्पादन गर्ने÷गराउने ।
४. २० प्रतिशत जनताले तरकारी उत्पादन गर्ने-गराउने ।
५. २० प्रतिशत जनताले गाईभैँसी पालन गर्ने-गराउने ।
६. १० प्रतिशत जनताले फलपूmल खेती गर्ने-गराउने ।
७. पाँच प्रतिशत जनताले बाख्रापालन गर्ने-गराउने ।
८. दुई प्रतिशत जनताले कुखुरापालन गर्ने-गराउने ।
९. दुई प्रतिशत जनताले माछापालन गर्ने-गराउने ।

१०. एक प्रतिशत जनताले बाढीपहिरो छेक्ने बाँस तथा अन्य काठजन्य रुखहरूको उत्पादन गर्ने ।
११. ज्यष्ठनारिकको हकमा डोका, नाम्ला, डोरी, दुना, टपरी, कपासबाट बत्ती बनाउने काममा प्रेरित गर्ने ।
१२. किसानको रुचि, ज्ञान, सीप तथा जग्गा जमिनको अवस्था हेरी अनुकूल हुने गरी एकले अर्काको जग्गा साटफेर गरेर पनि उत्पादन गर्ने÷गराउने व्यवस्था मिलाउने ।

१३. कामको जिम्मेवारी लिइसकेपछि लिनेले सल्लाह र सहमतिविना फेरबदल वा काम छाड्न नपाइने गरी कानुनी व्यवस्था गर्ने-गराउने ।
१४. अल्पकालीन विकासका योजना बनाई दैनिक उपभोग्यवस्तु उत्पादनमा जोडिने
१५. यसरी विधिसम्मत तरिकाले यी उत्पादन गरी÷गराई बिक्री–वितरणका लागि धेरै जनतालाई पायकपर्ने गरी निश्चित स्थान, तिथिमिति र समय किटान गरेर बजार व्यवस्थापन सम्बन्धित गाउँपालिका÷ नगरपालिका आपैmँले गर्ने ।
१६. हावापानी र माटो समेतको परीक्षण गरी अनुकूल मल, बिउ, सिंचाइको छरितो शैलीले व्यवस्था गरी सबै जनतालाई समान अवसर दिई प्रभावकारी अनुगमन गर्ने ।

यसप्रकार हरेक काम योजनाबद्ध भई जिम्मेवारी लिएर प्रत्येक स्थानीय निकायले पूरा गर्ने हो भने स्थानीय निकाय आपँैm आत्मनिभर हुन्छन् । सरकारको नीतिमै भनेअनुसार खेतीको बिमा गरिदिएपछि किसानमा आकर्षण पनि बढिरहन्छ । स्थानीय निकाय आत्मनिभर हुनु भनेको सिंगै देश आत्मनिभर हुने बलियो जग तयार हुनु हो । कार्यन्वयन पक्षमा जनप्रतिनिधि सक्रिय र इमानदार भइदिने हो भने यो सम्भावना हाम्रै वरिपरि छ ।

प्रत्येक गापाले आपूmलाई पुग्ने गरी कृषि उत्पादन गरे अभाव कहाँ रहने ? प्रत्येक उत्पादकले तोकिएको जिम्मेवारी पूरा गर्ने तर तोकेको बाहेक उत्पादन र बिक्रीवितरण नगर्ने । निश्चित नियमअनुसार काम गरे÷गराए परिणाम सुखद् आउने पक्कापक्की हुन्छ । गरे हुन्छ, आज नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? कुरा कम परिणाममुखी काम गरौँ । अबको समय कुराले छल्ने र छलिने समय होइन । हामी सबै सचेत छौँ, कर्मयोगी र इमानदार बनौँ सुखद् परिणामले हामीलाई नै पर्खिरहेको छ ।

प्रतिक्रिया