लगातारको वर्षाले तीन घर विस्थापित

सल्यान । लगातारको वर्षाले जिल्लाको दार्मा गाउँपालिकामा करोडौंको क्षति पु¥याएको छ । यही २५ साउनदेखि आएको अविरल वर्षाका कारण तीन घरपरिवार विस्थापित भएका छन् भने ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

वर्षासँगै आएको पहिरोले दार्मा गाउँपालिका–६ का टिके कामी, विमला बुढाथोकी र वडा–४ का निराजन विकको घर पहिरोले बगाउँदा परिवारहरू विस्थापित भएका छन् । पहिरोले घरसहित घरमा भएको अन्नपात, लत्ताकपडा बगाएपछि परिवारहरू आफन्तकोमा आश्रय लिएर बसेको दार्मा गाउपालिकाका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए ।

वर्षासँगै आएको पहिरोका कारण ग्रामीण सडक, विद्यालयमा समेत क्षति पुगेको अध्यक्ष केसीले जानकारी दिए । ‘अहिले पनि वर्षा भइरहेको छ वर्षाका कारण गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरूलाई सतर्क गराइएको छ,’ अध्यक्ष केसीले भने ।

पहिराले दार्मा गाउँपालिका भित्रका नौ वटा घर तथा तीन वटा विद्यालयमा समेत क्षति पु¥याएको केसीले जानकारी दिए । ‘पहिरोले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तैपनि आर्थिक रूपमा भने साढे दुई करोडभन्दा बढीको क्षति पु¥याएको छ, वर्षा अझै भइरहेकोले गाउँपालिकाभित्र पहिरोको जोखिम अझै हटेको छैन’, अध्यक्ष केसीले भने ।

पहिरोले सडक, विद्यालय, घर तथा खेतहरूमा बढी क्षति पु¥याएको अध्यक्षको भनाइ छ । गाउँपालिकाले पहिरोका कारण विस्थापित परिवारलाई आपतकालीन राहत वितरण गरेको जनाएको छ । ‘हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलव्ध गराएका छौँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण संकलन गर्ने कार्य भइरहेको छ’, केसीले भने ।

गाउँपालिकामा ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घरहरू पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिका भित्रका विद्यालयहरूमा समेत पहिरोले क्षति पु¥याएका कारण मर्मत संभार नगरेर विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेका गाउँपालिकाले जनाएको छ ।

पहिरोका कारण गाउँपालिका जोड्ने सडकहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि गाउँपालिकामा यातायातका साधनहरू चल्न सकेका छैनन । गाउँपालिका जोड्ने मुख्य सडकहरू तत्काल सञ्चालनमा ल्याउन नसकिने गाउँपालिकाले जनाएको छ । पहिरोका कारण ठाउँठाउँमा पहिरो गएको र वर्षात्का कारण पुनः पहिरो आउने भएकोले तत्काल ग्रामीण सडकहरू सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।

प्रतिक्रिया