कोरोनाबाट एक विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

काठमाडौं । थप एक कोरोना संक्रमित विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । बुधबार विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका– ३ निवासी ५७ वर्षीइ पुरुषको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

ती मृतक व्यक्ति नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक भएको जनाइएको छ । उनमा गत सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतको भनाइ छ ।

सोमबार भर्ना भएका उनको बुधबार साँझ मृत्यु भएको सो कोभिड १९ उपचार केन्द्र विराटनगरका प्रा. डा. दीपक सिग्देलले जानकारी दिए । डा. सिग्देलका अनुसार उनी मधुमेह तथा उच्च रक्तचापको बिरामीसोत रहेका थिए । तर, कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या थियो ।

प्रतिक्रिया