आज थपिए ४८४ जना संक्रमित, डिस्चार्ज भए ६४ जना

काठमाडौं । बुधबार ४८४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ४८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २४ हजार ४३२ जना पुगेको छ ।पछिल्लो पटक बुधबार ४८४ जना संक्रमित थपिएका हुन् ।

यसैगरी, १६ हजार ७२८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए ।

प्रतिक्रिया