पत्रकार बानियाँको मृत्यु रहस्यमय भन्दै सत्यतथ्य बाहिर ल्याउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । गत सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका भनिएका पत्रकारको शव मंगलबार दिउँसो मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । यसबारे बुधबार मात्रै खबर बाहिर आएको हो ।

पत्रकार बानियाँको मृत्युको खबर सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही दिनदेखि सम्पर्क विहिन पत्रकार मित्र बलराम बानियाँको रहस्यमय ढंगले मृत्यु भएको खबर थाहा पाउँदा अत्यन्तै दुस्ख लागेको र गहिरो अनुसन्धान गरेर घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन् ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पर्यटनमन्त्री योगेश भट्टराईलगयातका नेताहरुले कुशल र निर्भिक पत्रकार गुमाउनु परेको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया