सिटिजन लाइफको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड बराबरको रु १०० दरका ७५ लाख कित्ताको जम्मा ७५ करोड रूपैयाँ मात्रको शेयर सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रीप्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता–पत्रमासिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे ।

अधिकृत पूंजी रु. ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट रु १७५ करोड चुक्ता भईसकेको र सर्वसाधारणका लागि छुट्टाईएको रकम रु ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्तापूंजी रु. २५० करोड पुग्ने जनाएको छ ।

यसरी प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिकगरेको यस आव २०७६÷०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) को अपरिष्कृत वित्तीयविवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशत प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले वृद्धि गरी ४९ करोड ६१ लाख रलगानी र बीमालेखको धितो तथा अन्यकर्जाबाट प्राप्तहुने आयमा ३१ प्रतिशतको वृद्धिगरी रु. ३३ करोड ८३ लाख पुर्याउन सफलभएको छ ।

प्रतिक्रिया