किष्ट र पाटन अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो समय ललितपुरस्थित पाटन अस्पताल र किष्ट अस्पतालमा गरी दुई जना कोरोना संक्रमितको महिलाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक ती महिला साउन १८ गते अस्पतालमा भर्ना भएकाे र उपचारको क्रममै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

यसैगरी फेरि ललितपुरस्थित नै किष्ट अस्पतालमा पनि मृत्यु भएकी काठमाडौंकी एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

काठमाडौंस्थित टेकु निवासी ७८ वर्षीया बृद्ध महिलाको मंगलबार राति मृत्यु भएको किष्ट अस्पताल स्रोतको भनाइ छ ।

यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले जानकारी दिन बाँकी रहेको छ । यसबाहेक पछिल्लो २४ घण्टामा अन्य मानिसहरुको पनि कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया