आज थपिए ६३८ जना संक्रमित, डिस्चार्ज भए १७१ जना

काठमाडौं । मंगलबार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ६३८ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २३ हजार ९४८ जना पुगेको छ । पछिल्लो पटक मंगलबार जना संक्रमित थपिएका हुन् । यसैगरी, १६ हजार ५१० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १७१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया