कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका कार्यालय सिल

प्युठान । प्युठानको माण्डवी गाँउपालीकामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि उक्त गाँउपालीका कार्यालय अनिश्चितकालको लागि सिल गरिएको छ । गाँउपालीकामा कार्यरत ३७ वर्षिय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएलगत्तै पालीका शिल गरिएको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले बताए ।

पालिकाको कार्यलय सिल गरि कोरोना रिपोर्ट पोजेटिभ देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्यको परीक्षणको तयारी भइरहेको माण्डवी गाँउपालीकाका स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार स्वाब लिएको ४ दिनमै रिपोर्ट आएको हो ।

पिसिआर रिपोर्ट पोजेटिभ आएका कर्मचारी सोमबारसम्म कार्यलयको कामकाजमै व्यस्त थिए । उनी कार्यालयका प्राविधिक क्षेत्रका कर्मचारी हुन् । अहिले उनलाई होम आइसोलेसनमा सुरक्षित बस्न भनिएको छ । आजसम्म माण्डबिमा मात्रै कोरोना संक्रमितको संख्या ८३ जना रहेका छन् ।

सोमबार जिल्लाको इन्द्रध्वज गण खलगांमा कार्यरत १४ सैनिकसहित २३ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै जिल्लामा सक्रीय संक्रमित २८ जना पुगेका छन् । प्युठानमा ३ सय ३७ जना कोरोना निको भएर घर पठाइएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया