मुक्तिनाथका ग्राहकलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा छुटै छुट

काठमाडौं । मुक्ति नाथविकास बैंकले ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरु सँग सहकार्य गरेको छ । जस अन्तर्गत, नेपमेड्स अनलाईन, फार्मेसी, एसे केयर अनलाइन पार्मेसी, आल्मा एर्लटस र बाजेको सेकुवा रहेका छन ।

सो सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले उल्लेखित कम्पनीबाट सेवा सुविधा लिंदा १५ प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरिएको छ । बैंकले व्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पे मेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएम बाट विनाशुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया