रेखाको ‘नाचौंन नाचौंन’ मा नीतु

काठमाडौं । हिन्दु महिलाहरुको नजिकै आइरहेको तिजको अवसरमा गायिका एवं संगीतकार रेखा पौडेलले आफ्नै आवाज तथा संगीतमा ‘नाचौंन नाचौंन’ बोलको तिज गीत ल्याएकी छन् ।

उक्त गीतमा डा. कृष्णहरी बरालले रचना गरेका शब्दमा पौडेलले संगीत र आफ्नो आवाज दिएकी हुन् । त्यस्तै, कमल सौरागले उक्त गीतमा संगीत संयोजन गरेका हुन् ।

भिडियोमा अभिनेत्री नीतु कोइराला र सुशिला थापाको साथमा गायिका पौडेलले पनि नृत्यका साथ अभिनय गरेकी छन् ।ओम श्रेष्ठको निर्देशन रहेको उक्त भिडियो प्रकाश तिमिल्सिनाको छायांकन रहेको छ । त्यस भिडियो गायिका एवं संगीतकार रेखा पौडेलले आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया