राजकुमार र मुनाले ल्याए ‘साहिला–साहिली’

काठमाडौं । गायक एवं सञ्चारकर्मी राजकुमार रायमझी र गायिका मुना रोकाले आ–आफ्नै आवाजमा ‘साहिला–साहिली’ नाम गरेको तिज गीत ल्याएका छन् । उक्त गीतमा राजकुमारको आफ्नै शब्द रचना र संगीत भरेका छन् ।

साथै, गीतको भिडियोमा पनि उनको नै निर्देशन रहेको छ भने विनोद तामाङले खिचेका छन् भने उत्तम गुरुङले सम्पादन गरेका हुन् ।

यसैगरी कर्मा लामा, सावित्रा भुजेल बस्नेत, मेख बहादुर गुरुङ, राजकुमार रायमझी, मुना रोका, जयराम कार्की, गायत्री राना, भीम कुसारी, कविता लामा, कल्पना मगर, बलराम सुवेदी, राजु रिजाल, मिठाराम केसी, कुमार रोका, थमन थापामगर, सूर्य मगर, केसर विश्वकर्मा लगायतको उक्त भिडियोमा अभिनय रहेको छ ।

मायमप्रेमका प्रसंग शब्दमार्फत उठान गरेर मौलिक गीत र भिडियो बजारमा ल्याएको राजकुमारले बताए ।

प्रतिक्रिया