फुलबारी गुल्मीमा सनराइजको शाखारहित सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र मालिका गाउँपालिका ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको अध्यक्षतामा अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । हालसम्म सन््राइज बैंकले १३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया