नेकपाका महासचिव विष्णु पौडेल आइसोलेसनमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल कोरोनाको त्रासले आइसोलेसनमा बसेका छन् । उनि आफ्ना अंगरक्षकलाई कोरोना पुष्टि भएलगत्तै आइतबारदेखि आइसोलेसनमा बसेका हुन् ।

महासचिव पौडेलका अंगरक्षकको आइतबार कोरोना पुष्‍टि भएको हो । यस्तै, महासचिव पौडेलसहित अरु सबैको नेगेटिभ आएको पनि बताइएको छ ।

तर पीएसओलाई अंगरक्षकलाई कोरोना पुष्टि भएपछि महासचिव पौडेल पनि सुरक्षा अपनाउन भन्दै आइतबारबाट आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेको जनमइएको छ । उनका अंगरक्षकलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएर उपचार गरिएको छ ।

प्रतिक्रिया