घरमै दही बनाउन मिल्ने कर्ड माइस्ट्रो रेफ्रिजेनेरेटर नेपालमा

काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै कर्ड माइस्ट्रो रेफ्रिजेनेरेटर नेपाली बजारमा उपलब्ध गराएको छ । रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षितमात्र राख्दैन यसले खाने कुरा तयार समेत गर्दछ । यसबाट दैनिक रुपमा आफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिन्छ । विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । कर्ड माइस्ट्रो सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको कम्पनीले जनाएको छ ।

कर्ड माइस्ट्रोले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ । यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड माइस्ट्रोले जस्तोसुकै मौसममा पनि एकनाशको दहीबनाउन सक्दछ । कर्ड माइस्ट्रो रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ । यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेनेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ । यो कन्भर्टेवल मोडेलहरुमा भएको ट्वीन कुलिङ प्लस स्वतन्त्र कुलिङ्ग सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो हुन्छ ।जसले गर्दाफ्रिज र फ्रिजरबीच खानेकुर ाझिक्ने र राख्ने गर्दा उत्पन्न हुन सक्ने गन्ध रहदैन । यसका मोडेलहरु रु. ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया