पुलबाट खोलामा हाम्फालेकी युवतीको जिवितै उद्दार

बुटवल । रुपन्देहीको डण्डा खोलामा हाम्फालेकी २७ वर्षीया युवतीलाई सशस्त्र प्रहरी बलको टोलीले जिवितै उद्दार गरेको छ । शनिवार मध्यान्ह सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डा खोलामा हाम्फालेकी २७ वर्षीया पवित्रा अधिकारीलाई जिवितै उद्दार गरिएको गण नम्बर–२७ ले जनाएको छ ।

डण्डा खोला नजिकै रहेको चेकप्वाईन्टको ड्युटी परिवर्तन भएर फर्किएका शसस्त्रको टोलीले युवती हाम्फालेको देखेपछि ‘लाईभ रेस्क्यू’ गरेर जिवन बचाएको हो । उद्दार गरिएकी युवतीको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया