कोरोना प्रभावित जोखिममा रहेकालाई राहत वितरण

काठमाडौं । कोभिड १९ बाट प्रभावित समुदायमा रहेका जोखिम समुहसम्म पुग्नका लागि मेटलाइफ फाउन्डेशनले प्लान नेपालसँग काम गरिरहेको छ । प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरीब र जोखिममा रहेका परिवारलाई नगदे वाली तथा घरमा तरकारी उब्जाउनका लागिबीउ विजन तथा मलखाद लगायत परम्परागत कृषि उपकरण प्रदान गरी निजहरुलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ । मेटलाइफ फाउन्डेसनद्धारा ४४,००० अमेरिकी डलर आर्थिक सहयोग गरेको संयुक्त कार्यक्रमले प्लान नेपालले स्थानीय नेपाल सरकारसँग समन्वय गरी आय आर्जन नभएको र सीमित वैकल्पिक आयश्रोत भएका वा त्यस्तो वैकल्पिक आयश्रोत नै नभएका अत्यन्त जोखिममा रहेका परिवारको पहिचान गर्न मद्दत गर्दछ ।

यसका अतिरिक्त प्लान नेपालले किशोरावस्थामा रहेका नारीहरूको विशेष आवश्यकता परिपूर्तीमा सहयोग गर्ने र हात धुने उचित तरिका सिकाउने तथा नेपाल सरकारबाट निर्धारित समुदायको असल अभ्यासलाई मद्दत गर्ने कार्य जारी राख्ने बताइएको छ । अन्तत, स्थानीय नेपाल सरकारसंग समन्वय गरी छनौट भएका परिवार, महिला मुली रहेका परिवार र आय नभई नेपालमा फर्किएका परिवार लगायत अत्याधिक जोखिममा रहेका परिवारहरुलाई संलग्न गराई माहामारीबाट सृजित जोखिमको सामना गर्न साना व्यवसायीहरुका लागि साना व्यवसाय अनुदान प्रदान गरिने कम्पनीले जनाएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले कोभिड १९ का कारण हुन गएको लकडाउनले धेरै आर्थिक गतिविधिहरू बन्द भएको र यसबाट दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी प्रभावित भएको बताए । उनले भने, ‘हाम्रो समाजका अत्याधिक जोखिममा रहेका समुहलाईसहयोग गर्ने र यस्तो संकटको घडीमा पनि लैङ्गिक समानता बढाउने अवसरको प्रयोग गर्ने कार्यमाप्लान नेपाललाई मेटलाइफ फाउन्डेसनले सहयोग गरेको देख्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

प्लान इन्टरनेसनल नेपालका सहायक आपतकालिन प्रबन्धक, भुषण अर्यालले आयश्रोत गुमाएका, दैनिक ज्यालादारीमा काम गरि आएका, विदेशमा रोजगारी गुमाई स्वदेशमा फर्किएका, हाल जीविकाका लागि कठिन संघर्ष गरिरहेका बाँके जिल्ला, बैजनाथ गाउँपालिका स्थित कोभिड १९को महामारीबाट गम्भीर असर परेका गरीब र जोखिमयुक्त परिवारलाई सहयोग गर्न पाउँदा प्लान इन्टरनेशनल नेपालखुशी भएको बताए । उनले भने, ‘हामी, हाम्रो साझेदार संस्था र स्थानीय सरकारसँगको नजिकको समन्वयमा निजहरुलाई कोभिड १९ को नकरात्मक प्रभावबाट बचाउन सहयोग गर्नेछौ र परियोजना क्षेत्रमा ७ हजार घरधुरीमा बस्ने ४० हजार मानिसहरू बीचमा कोभिड १९ संक्रमण रोक्नका लागि व्यापक रुपमा चेतना फैलाउन कार्य गर्नेछौं ।’

सन् १९७६ मा स्थापित भएको मेटलाइफ फाउण्डेशनले स्थापनाकालदेखि सन् २०१८ को अन्त्य सम्ममा ८२२ मिलियन डलर अनुदानमा दिइसकेको छ भने मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान दिइसकेको छ । आजको दिनसम्म हाम्रो वित्तिय स्वस्थताको कार्य ४२ देशका ९.९ मिलियन भन्दा बढी कम आय भएका व्यक्तिसम्म पुगसिकेको छ ।

प्रतिक्रिया