क्वारेनटाईनमै युवतीले गरिन् झुण्डीएर आत्महत्या

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका– २ ढुङखर्कस्थित क्वारेनटाईनमा एक युवतीले झुण्डीएर आत्महत्या गरेकी छन् । शुक्रबार २१ वर्षीया शोनी लामाले आत्महत्या गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिए ।

बिहानसम्म राम्रै अवस्थामा रहेकी युवती आत्महत्याबारे खुल्न नसकेको अध्यक्ष तिमल्सिनाले बताए । मृतक लामा एक हप्ता अगाडि दुबईबाट नेपाल आएर क्वारेनटाईनमा बसेकी थिइन् । उनको पिसिआर परिक्षणको लागि स्वाब भोली निकाल्ने तयारीमा रहेको थियो ।

उनले झुण्डीएर आत्महत्या के कारणले गर्न पुगिन् भन्ने विषयमा छानविन भईरहेको ढुङ्खर्क प्रहरी चौकीका असई हितबहादुर कटुवालले जानकारी दिए । घटना लगत्तै अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार बिक्रम थापाको नेतृत्वमा प्रहरी टोली पनि पूगेको थियो ।

युवतीले झुण्डीएर आत्महत्या गरेपछि बेथानचोक गाउँपालिका– ४ का स्थानीयहरूले क्वारेनटाईन तोडफोड गरेको पनि कटुवालले जानकारी दिए । उनको मृत्युपछि केही समय तनाब रहे पनि जिल्ला प्रहरीको टोली पुगेसँगै घटनाबारे थप अनुसन्धान गर्ने र शवको पोष्टमार्टम भएको छ ।

प्रतिक्रिया