गजल

गणेशप्रसाद पौडेल ‘बहुरुपी’

के देखाउँछौ के लुकाउँछौ निष्ठुरी बनी
के बाँचौली मविना खै टुहुरी बनी ।

बादलझैँ विना आकार मन उडेको बेला
अकस्मात तिमी आयौ आँधिहुरी बनी ।

मैले मात्रै देखाइरहें एकतर्फी माया
तिम्ले माया लुकाइ राखेउ चतुरी बनी ।

निकाले नि घाउ दुख्छ छोडे नि दुख्छ
फूल जस्तो मनमा गढ्यौ खुकुरी बनी ।

खै कसरी नाम दिउँ हाम्रो सम्बन्धलाई
आकाश र यो धर्तीको बिचको दूरी बनी ।

प्रतिक्रिया