राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिकामा

वासिङ्टन । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका आउनु लाग्नु भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनी अमेरिकाको वासिङ्टन आउनेछन् । ‘राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,’ ह्वाईट हाउसद्धारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध संकटमा परिरहेका बेला उनिहरुका बीचमा भेटवार्ता हुन लागेको हो ।उनिहरुका बीचमा इस्लामिक स्टेट (आइएस) का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोना भाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया