नेपाल स्टारको अन्तिम एपिसोड प्रसारणको तयारीमा

काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्नहुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीनएपिसोड प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७जनाले दोस्रो षडज्राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन ।

प्रसारित तीनएपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन्भने अब डिजिटल राउण्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुनबाँकी छ । तेस्रो राउण्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन समेत बाँकी छ । हामीले त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ–यही शनिबार राती प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड ।

अडिशनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नु अगावै तयारी गर्दै यो रियालिटी शो प्रसारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण काठमाडौं अडिशन देखिको प्रसारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो ।
पहिले तय गरिएको फम्र्याटबाट अलिबाहिर निस्केर सामाजिक दूरी कायमगर्दै प्रविधिमैत्रीहुँदै यो राउण्डलाई सुरु गरियो । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइयो । प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समुहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ ।

अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायकतथा पर्दापछाडि काम गर्ने कार्यक्रमउत्पादक टीमको स्वास्थ्यको समेत ख्यालगर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठले बताए । कार्यक्रमका रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री निर्णायक छन । नेपाल टेलिभिजनको प्रस्तुतिमाकी इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया