निषेधाज्ञा उल्लंघन गर्ने २०० जना कारवाहीमा

कोहलपुर । नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ ।

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफै फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थालेका छन् ।

यसै क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ । केहीलाई क्वारेन्टाइन पठाइएको प्रहरी प्रमुख रानाले जानकारी दिए । निषेधाज्ञाको अटेरी गर्ने पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रमण रोग नियमन उल्लंघन ऐनअन्तर्गत रु १०० जरिवाना लिएर छाडिएको छ ।

प्रतिक्रिया