‘विच्छेद’ मा लक्ष्मी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले छोडेको चलचित्र ‘विच्छेद’ मा अर्की अभिनेत्री लक्ष्मी बर्देवाले काम गर्ने भएकी छन् । केकीले पहिले ‘विच्छेद’ काम गर्ने भनेर साइन गरेको थिइन् ।

त्यसलगत्तै चलचित्र ‘परदेशी २’ मा काम गर्ने अफर उनलाई आयो । उनले यो चलचित्र पनि काम गर्ने पक्का गरिन् । दुई चलचित्रमा काम गर्ने पक्का गरेकी अभिनेत्री केकीले छायांकन समय जुधेपछि एउटा चलचित्र छा्ड्नुपर्ने भयो । अभिनेत्री केकी ‘परदेशी २ वा विच्छेद’ मध्ये एउटा रोज्नुपर्ने अवस्था आयो । उनले यसपछि उनले आफूले पहिले साइन गरेको चलचित्रलाई भन्दा ‘परदेशी २’ काम गर्न उचित ठानिन् ।

चलचित्र ‘विच्छेद’ मा सम्झौता गरेर केकीले पछि काम नगर्ने बताइन् । यसबारेमा चलचित्रको निर्माण पक्ष पनि उजुरी र मुद्धामा अल्मलिन चाहेन । यसैले, यो चलचित्रमा अभिनेत्री लक्ष्मी वर्देवालाई अनुबन्धित गरियो । अहिले यस चलचित्रमा लक्ष्मी र अभिनेता मुकुन भुषालले काम गरिरहेका छन् । यसैबीच कोरोना भाइरसका कारण लगाइएको बन्दाबन्दीले चलचित्र छायांकन रोकिन पुग्यो । यस चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरिरहेका छन् ।

निर्माण पक्षले भने तिहारपछि चलचित्रको छायांकन गर्ने योजना बनाइरहेको छ । राज पण्डित र सुवास राईको निर्माणमा तयार भइरहेको यो चलचित्रमा अभिनेत्री प्रिया रिजाल, लय संग्रौला, सुष्मा निरौला, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रपछि सत्यराजकै निर्देशनमा मुकुनले चलचित्र ‘अन्तरे’ काम गर्ने जनाइएको छ । मुकुनको चलचित्र ‘बुलबुल’ मा काम गरेपछि चलचित्रमा ह्वात्तै माग बढेको छ ।

प्रतिक्रिया