‘नाजायज माग राखेर वडाध्यक्षहरूले बजेट पास हुन दिएनन्’

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा अहिलेसम्म बजेट स्वीकृत हुन सकेको छैन । पालिकाका पाँच जना वडाध्यक्षले गाउँपालिकमा २० वर्षदेखि कार्यरत कर्मचारीहरूलाई हटाउनुपर्ने माग राख्दै गाउँसभा बहिष्कार गरेपछि गाउँपालिकाका सम्पूर्ण कार्य रोकिएका छन् ।

गाउँपालिकामा वडाध्यक्षहरूले उठाउने अरू कुनै एजेन्डा नभएपछि करार कर्मचारी हटाउनुपर्ने नजायज माग राखेर बजेट पास हुनबाट रोकेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । ‘गाउँपालिकाभित्र गलत कार्य भएको छ भन्ने उहाँहरूसँग कुनै पनि एजेन्डा र विषय नभएपछि गाउँपालिकामा रहेका करार कर्मचारी हटाउनुपर्ने वेमौसमी माग राख्नुभएको छ’, अध्यक्ष केसीले भने ।

बिहीबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले अहिले पनि गाउँपालिकामा कर्मचारीहरूको आवश्यक रहेको जानकारी दिए । ‘हिजो उहाँहरूकै सहमतिमा कार्यपालिकाले निर्णय गरेर कर्मचारी भर्ना गरिएको हो, अहिले बीचमा आएर उहाँहरूको कस्तोखाले माग हो यो ?’, अध्यक्ष केसीले भने, ‘आज पनि विद्यालयहरूमा शिक्षक नपुगेर भर्ना गर्नुपर्ने अवस्था छ, गाउँपालिकामा कर्मचारी बढी भएका छन् भने विद्यालयमा काजमा पठाएर काममा नि लगाउन सकिन्छ तर उहाँहरूले भनेजस्तो कर्मचारी हटाएर गाउँपालिकामा कुनै कायाँपलट हँुदैन ।’

गाउँपालिकामा बजेट नआउँदा र समयमा पास नहुँदा आपूmलाई मात्रै त्यसले हानी नपु¥याउने उनको भनाइ छ । उनले भने, ‘करार कर्मचारीकै हकमा भन्ने हो भने वडा–२ मा सबैभन्दा बढी कर्मचारीहरू खटिएका छन् । त्यहीँका वडाध्यक्षले २० वर्षदेखि गाउँपालिकामा कार्यरत कर्मचारीलाई पनि हटाउनुपर्छ भन्नुहुन्छ, तर मैले कर्मचारीहरूप्रति अन्याय गर्न कुनै हालतमा दिँदैन, बजेट पास नहुँदा उहाँहरूलाई पनि क्षति हुने हो ।’

अध्यक्ष केसीले भने, ‘बजेट पास नभए पनि मलाई मात्रै अब चिन्ता छैन, गाउँपालिका उहाँहरूको पनि हो, कर्मचारी पनि यही गाउँपालिका भित्रकै हुन्, बजेट पास नभए उहाँहरूको सेवा सुविधा नि रोकिन्छ, यसले अध्यक्षलाई मात्र असर गर्दैन उहाँहरूलाई नि गर्ने हो’, अध्यक्ष केसीले भने ।

जिल्लाका १० वटै स्थानीयतहहरू मध्ये आपूmले उत्कृष्ट काम गर्ने उद्देश्यले काम गरिरहेको भन्दै बहुमतको नाममा पटकपटक घेराबन्दी गर्न खोजिएको उनको भनाइ छ । ‘गाउँपालिकामा उहाँहरूकै सहमतिमा सबै काम भएका छन्, वडाध्यक्षकै छोराछोरी गाउँपालिकामा करारमा कार्यरत छन् उहाँहरूले आफनै विरुद्ध छोराछोरी आन्दोलनमा उतार्नुभएको छ’, अध्यक्ष केसीले भने ।

गाउँपालिकाभित्र कुनै पनि किसिमका चलखेल हुन नदिएकाले आपूmलाई असफल बनाउन लागेको उनको भनाइ छ । ‘कार्यपालिकाको बैठकमा पेस हुने धेरै एजेन्डा हुन्छन् नियत सफा भए उहाँहरूले अरू मागमा निर्णय गरेर एउटा निर्णयमा नोट अफ डिसेन्ट लेख्न सक्नुहुन्छ तर उहाँहरू बोलाएका कुनै बैठकमा उपस्थिति नभएर बाहिरबाहिर कुरा गरिरहनुभएको छ’, अध्यक्ष केसीले भने ।

अध्यक्ष केसीले यस्तै परिस्थिति रही रहे कानुन बमोजिम अगाडि कदम चाल्ने जानकारी दिए । ‘सकेसम्म उहाँहरू अब गाउँसभामा आउनुहुन्छ यदि आउनुभएन भने अब कानुनबमोजिम अगाडि बढ्छौँ’, अध्यक्ष केसीले भने । यस विषयमा वडाध्यक्षहरूलाई फोन सम्पर्क गर्न खोज्दा वडा–२, ५ र ३ का वडाध्यक्षहरूको फोन स्वीच अफ गरिएको थियो ।

यता करारमा नियुक्त भएका, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकले गाउँपालिकामा हाजिर गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकाले सुरुमा आपूmहरूलाई कार्यपालिकाको निर्णयअनुसार राखेकोले निरन्तरता दिनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया