पशुपति र रमिलाको तिज गीत सार्वजनिक

काठमाडौं । लोक गायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत ‘पीर नभाको को छ र ?’ सार्वजनिक भएको छ । तिज नजिकिएसँगै उनीहरुले नयाँ गीत ल्याएका हुन् ।

गायक शर्माले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा लय र शब्द पशुपति शर्माकै रहेको छ । गीतको भिडियो निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुन् ।

नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा बिसी, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङको अभिनय छ । यसअघि गायक शर्मा र गायिका न्यौपानेको ‘झम झम दर्कियो पानी’ बोलको गीतले चर्चा कमाएको थियो ।

प्रतिक्रिया