एनएमबि बैंक र सिजी डिजीटलबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिजी डिजीटलबीच शुन्य प्रतिशत इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने सहमति भएको छ समझदारीपत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरे । सम्झौता अन्तर्गत एनएमबिका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

यसका अतिरिक्त एनएमबिका ग्राहकले सिजीका विविध उत्पादनहरुमा डेबिट÷क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ प्रतिशत सम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् । एनएमबिबैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया