बनेपामा बेनेली शोरूम

काठमाडौं । बेनेली मोटरसाईको काभ्रे जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेश्नलले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखी नै मोटरसाइकल पारखीबीच एक बैग्लै पहिचान बनाएको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको र नेपालका युवा वर्गमा लोक प्रिय बनेको कम्पनीले जनाएको छ ।

बनेपामा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको छ । टपगियर इन्टरनेश्नलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरु लाई फाइदा पु¥याउँने बताइएको छ ।

बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धकको अनुसार यी माथि उल्लिखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो । जसले स्वामित्वको किफायतीलागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित रहेका बताइएको छ ।

प्रतिक्रिया