त्रिसारा अगरबत्ती बजारमा

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रालिको गुणस्तरीय उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ निकै नै लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ । मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै कम्पनीले ‘मंगलदीपत्रिसारा’ नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहक महानुभावहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् । त्रिसाराको प्रति प्याक मूल्य १ सय रुपैयाँ कायम गरिएको छ र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । जिप लकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समय सम्म टिक्ने जानकारी कम्पनीले गराएको छ ।त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको छ ।

सूर्य नेपाल प्रालिले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिराखेको छ । मंगलदीप अगरबत्तीले हाल राष्ट्रको अगरबत्तीमा व्याप्त परनिर्भरता कम गरि देशको राजश्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ । नेपालको साँस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेशमै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ । सूर्य नेपाल प्रालि तीर सलाई तथा टफिचु कन्फेक्सनरीजस्ता उच्च गुणस्तरका उत्पादनहरु मार्फत युवा रोजगारतथा महिला सशक्तिकरणमा अग्रणी भूमिका निभाइरहेको छ भने सोको विक्रि वितरण गरि आफ्ना ग्राहकहरुलाई सन्तुष्टी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया