रामप्रसाद पन्तका दुई नियात्राकृति सार्वजनिक

काठमाडौं । साहित्यकार रामप्रसाद पन्तद्वारा रचित ‘पुर्खाको बाटो’ र ‘जयपुरदेखि पुरीसम्म’ नामक दुई नियात्राकृतिको लोकार्पण गरिएका छन । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवास बखुण्डोल ललितपुरमा दुई नियात्राकृतिको लोकर्पण गरेका हुन ।

कोरोना संक्रमणको वर्तमान परिस्थितिलाई मध्यनजर गरेर प्रतिष्ठानका सीमित सदस्यहरु (रामप्रसाद पन्त, डा. रामप्रसाद दाहाल, श्रीओम श्रेष्ठ ‘रोदन’, यादव भट्टराई, डा. लेखप्रसाद निरौला, कमलप्रसाद ज्ञवाली, केशवराज पन्त, डा. भागवत ढकाल, प्रा. माधव घिमिरे, कलाधर काफ्ले र रामप्रसाद आचार्य समेत)को उपस्थितिमा कृति लोकार्पण गरिएको थियो ।

शताब्दीपुरुष जोशीले भने, ‘दायित्व वाङ्मय प्रतिष्ठान र प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले गर्दै आएको कार्य प्रशंसनीय छ । त्यसमा पनि लेखन प्रकृयालाई स्तरीकरण गर्दै श्री पन्तले नियात्रासाहित्यको माध्यमबाट नेपाली साहित्यमा पु¥याउनुभएको योगदान महत्वपूर्ण छ ।’ उपस्थित सबैलाई सभापतिको सम्मान दिएर सम्पन्न गरिएको सो कार्यक्रममा डा. रामप्रसाद दाहालले कृतिहरुमाथि टिप्पणी गरेका थिए। भने साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, डा. लेखप्रसाद निरौला, यादव भट्टराई र लोकार्पित कृतिका रचयिता रामप्रसाद पन्तले पनि सङ्क्षिप्त मन्तव्य दिए ।

प्रतिक्रिया