फिदिम माविलाई नमुना विद्यालय बनाइने

पाँचथर । जिल्ला सदरमुकाममा रहेको फिदिम माविलाई नमुना विद्यालय बनाउन गुरुयोजनाको लागि सरोकार वालाबीच बुधबार राय संकलन गरीएको छ । सरकारले फिदिमको माविलाई नमुना विद्यालयमा सूचिकृत गरेलगत्तै बैठक र पैरविमा विद्यालय लागिपरेको हो ।

नमुनाबिद्यालयका लागी भेलाभएका वौधिक व्यक्तीत्वहरुले आ–आफ्ना राय राखेका थिए । सो भेलामा, शिक्षामा गुणस्तर र भौतिक संरचाना सुधार्नु पर्नेमा जोड दिइएको थियो । कार्यक्रमलमई उक्त माविका प्रअ विनोदकुमार ठाकुरले नमुना विद्यालयको अवधारणा पत्रसहित औचित्यबारे प्रकास पारेका थिए ।

त्यस्तै, शिक्षक हरिशचन्द्र लावतीले योजना कार्यान्वयनको उद्देश्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा फिदिम नगरपालिकाकी शिक्षा शाखा प्रमुख अतिथि निर्मला दाहालले शिक्षामा गुणस्तरीय शिक्षा, अपांगता र बालमैत्रि हुन जोड दिएकी थिईन् ।

विद्यालयलाई आर्थिक वर्षमा सरकारले एक करोड ५० लाख रकम भौतिक र शैक्षिक क्षेत्रमा खर्च हुँदै जाने प्रअ ठाकुरले बताए । कार्यक्रममा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक लक्ष्मीप्रसाद ढुंगानाले आफैमा फिदिममा रहेको मावि नमुना रहेको र अन्य विद्यालयलाई क्वालिटिको नमुना प्रस्तुत गर्नेमा राय दिएका थिए ।

त्यस्तै, प्राविधिक लक्ष्मी सुवेदिले बालबालिकाको लागि पहिलो भौतिक संरचना मापदण्डको निर्माण भयो भने शिक्षाको गुणस्तरीय हुने भन्दै, लिखित पेस गरिन् । पूर्व शिक्षिका शान्ता गौतमले माविको जग्गाबाट आर्थिक लाभ लिने र भार कम हुने भन्दै व्यवस्थापन समितिलाई त्यतातिर लाग्न सुझाव दिइन् । पुर्व प्रअ दुर्गा खत्रिले भौतिक र आर्थिक पक्षलाई पारदर्शिता गरियो भने नमुना विद्यालय बन्ने बताए ।

प्रतिक्रिया