आई पे रेमिटको ब्रान्ड एम्बेसेडरमा वर्षा शिवाकोटी

काठमाडौं । आई पे रेमिटले आफ्नो नयाँ ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । आई पे रेमिटले नयाँ ब्रान्ड एम्बेसेडरका रुपमा नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीलाई चयन गरेको हो ।

आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्स मार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाईएको पैसा जापान, मलेसिया, कतार, दुवईजस्ता देशहरुबाट नेपालमा बसोबास गर्ने आफ्ना परिवारलाई छिटो, सुरक्षित र भरपर्दो माध्यम प्रयोग गरेर पठाउन मद्दत गर्दै आएको छ । अब आगामी दिनहरुमा अभिनेत्री वर्षा शिवाकोटीलाई आई पे रेमिटको ब्रान्ड प्रतिनिधिका रुपमा देख्न सकिने छ ।

प्रतिक्रिया