चट्याङ लागि एक पुरुषको मृत्यु

सिन्धुली । जिल्लामा पानीसँगै परेको चट्याङ लागि एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ परेको चट्याङ लागि दुधौली नगरपालिका–२ लामिडाँडाका ४९ वर्षीय प्रेमबहादुर घिसिङको मृत्यु भएको हो ।

चट्याङ लागि गम्भीर घाइते भएका घिसिङको स्थानीय क्लिनिक लामिडाँडामा उपचारका क्रममा बुधबार बिहान दुई बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार घरभन्दा ५० मिटर टाढा खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई पानीसँगै परेको चट्याङ लागेको थियो ।

प्रतिक्रिया