सडक कालोपत्रे भएसँगै गाउँको मुुहार फेरियो

विराटनगर । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि मोरङको कटहरी गाउँपालिकाका वडामा विकास निमार्णको कामले तीव्रता पाउन थालेको छ । लामो समयदेखि बन्न नसकेका धुुलो सडकहरूमा कालोपत्रे भएका छन् भने सडकबत्तीले गाउँटोलसमेत झलमल भएका छन् ।

वडा–४ मा वडाध्यक्षको पहलमा २ सय ७४ वटा पोलमा सडकबत्ती जडान भएका छन् त्यस्तै सो वडामा साढे सात किलोमिटर सडक कालोपत्रे र फराकिला भएका छन् । वडाअध्यक्ष मन्टुु शेखले हुुलाकी मार्गसँग जोडिएका साढे सात किलोमिटर सडक कालोपत्रे तथा वडाका प्रत्येक बिजुलीका पोलमा बत्ती जडान र एकदर्जन मठमन्दिरको व्यवस्थापन तथा पुुनर्निर्माण सम्पन्न गरेको बताए । वर्षायाममा हिलाम्मे हुुने सुुकुुम्बासी वस्तीका सडक स्तरीय कालोपत्रे भएका छन् । वडाका प्रत्येक पोलमा सडक बत्ती जडान भएपछि स्थानीयसमेत हर्षित भएका छन् ।

दुुई करोडको लागतमा मापदण्ड पूरा भएका सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र चालुु आवमा मापदण्ड नपुुग्ने सडकमा नालासहित सडक ढलाई गर्ने योजना रहेको वडाध्यक्ष मन्टुु शेखको भनाइ छ ।

सुुकुुम्बासी टोल, पूmल टोली तथा चमडाई लगायतका आधा दर्जन टोल वस्तीमा कालोपत्रेसहित सडक बत्ती लाउने काम सम्पन भएका छन् । चुुनावको समयमा जनतासँग गरेका वाचा तीन वर्षको अवधिमा पूरा गरेको वडाध्यक्षको भनाइ छ । सहरी विकास वडा तथा गाउँपालिकाको बजेटमा सडक निर्माण तथा पोल बत्ती जडान गरिएको सो गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत गणेश कार्कीले बताए । गाउँपालिकाका प्रत्येक वडामा विकास निर्माणका कामहरू भइरहेको उनले बताए ।

घर अगाडिका कालोपत्रे सडकका पोलमा बिजुली बत्ती जडान भएपछि गाउँ नै झिलिमिली भएको स्थानीय रामचरण सिंहले बताए । पहिले अध्याँरोमा हिँडदा सर्पकिराको डर हुुने र साँघुुरो सडकका कारण घरसम्म पनि एम्बुुलेन्स आउने अवस्था थिएन तर अहिले वडास्तरमा भएको विकासका कारण विगतका समस्या हटेर गएको उनको भनाइ छ । अर्का स्थानीय ईश्वरी चौलागार्इंले पनि अहिले वडाको मुुहार फेरिएको बताए ।

प्रतिक्रिया