सर्वदलीय संयन्त्रको आवश्यकता

कोरोना संक्रमणको महाविपत्तिसँग कसरी जुध्ने ? भन्ने सन्दर्भमा प्रधानमन्त्री केपीशर्मा ओली पछिल्लो समयमा गम्भीर देखिएकाछन् । उनले राष्ट्रिय राजनीतिकदलका नेता तथा विज्ञहरूलाई छुट्टाछुट्टै बोलाएर परामर्श थालनी गरेकाछन् । गतशुक्रबार गरिएको परामर्शमा राजनीतिकदल तथा विज्ञहरूले परिणाम मुखीठोस कदम चाल्न प्रधानमन्त्री ओलीलाई सल्लाह दिएकाछन् । फेरी लकडाउन गर्नुपर्ने संकेत उनीहरूको छ । यता उद्योगी व्यवसायी तथा श्रमजीवीवर्ग भने विगतको जस्तो लक डाउनको पक्षमा छैन । लक डाउन गर्ने नै हो भने आफ्नो जीविकोपार्जनको न्यूनतमआधार सरकारले तय गर्नुपर्ने माग श्रमजीवी वर्गको छ । उद्योगी व्यवसायीहरूले पनि आफ्नो लगानी नडुब्ने न्यूनतम व्यवस्थागर्न सरकारसँग माग गरेकाछन् । तर, श्रमजीवीवर्ग र उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्न सक्ने ताकत मुलुकको अर्थतन्त्रको छैन । एक महिना कर संकलनभएन भने पनि कर्मचारीलाई तलबभत्ता खुवाउन सक्ने हैसियत राज्यको छैन भन्ने कुराविगत १ सय २० दिनलामो लकडाउनले पुष्टि गरिसकेको छ । विदेशबाट आएका फाट्टफुट्टमा संक्रमण देखिँदा सुरु गरिएको लकडाउन समुदायमा संक्रमण फैलिएपछि खुला गरिनुको मुख्य कारण मुलुकको अर्थतन्त्रसँगै जोडिएको छ । अर्थतन्त्रले धान्न नसकेका कारणगत ७ साउनदेखि सरकारले लकडाउन खुला गरेको हो भन्ने यथार्थतालाई नजर अन्दाजगर्न मिल्दैन ।

कोराना संक्रमण समुदायमा तथा खास गरी सहरी क्षेत्रमा विकरालढंगले फैलनुमा मुख्य कमजोरी सरकार तथा सरकारी संयन्त्रकै हो । लकडाउनका क्रममा गम्भीर कमजोरीहरूभए । फेरी पनि तिनै कमजोरी दोहोरिने हो भने लकडाउन गर्नु भनेको मुलुकमा भोकमरीको संकट निम्त्याउनु बाहेक केही हुनेछैन । त्यतिबेला विदेशबाट आउनेलाई बाहेक अरूलाई संक्रमण देखिएको थिएन । हवाइ उडान ठप्पबनाइएका कारण तेस्रो मुलुकबाट संक्रमित आउने जोखिम थिएन । भारतबाट आउनेहरूलाई सीमा क्षेत्रमैबस्न योग्य क्वारेन्टाइनको व्यवस्था गरी पिसिआर परीक्षणबाट मात्रैछिर्न दिने व्यवस्था गरिएको भए समुदायमा संक्रमण फैलने थिएन । तर, भारतबाट आउनेहरू सीमा क्षेत्रको खुला आकाशमुनि कैयौँ  दिनभोकै बस्न बाध्य भए । जसका कारण पिसिआर परीक्षणगरेर मात्रै स्वदेश छिर्ने धैर्यताउनीहरूले गुमाए । प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिएर वा चोर बाटोबाट उनीहरू भटाभट गाउँ छिर्न थाले । संक्रमण मुलुकका कुना काप्चासम्म पुग्यो । जब संक्रमितहरू मुलुकका कुना काप्चातिर देखिन थाले तब सरकारले लकडाउन खोलि दियो । उनीहरू आफ्नो रोजीरोटीका लागि धमाधम राजधानी काठमाडौं लगायत सहरी क्षेत्रमाछिर्न थाले । यतिबेला राजधानी काठमाडौंलगायत मुलुकका सहरी क्षेत्रमा संक्रमण वृद्धिदर कहालीलाग्दो ढंगले वृद्धि भइरहेको छ । उदाहरणका लागि लकडाउनको समयमा राजधानी काठमाडौं तथा अन्यसहरी क्षेत्रमा संक्रमित फाट्टफुट्ट थिए । तर, लकडाउन खुला गरिए यता राजधानी काठमाडौं उपत्यकामामात्रै दैनिक सरदर ५० जनाको दरमा संक्रमित बढिरहेकाछन् । पहिलो कुरा त राजधानी काठमाडौं उपत्यका मुलुकको मुटुजस्तै हो । जसरी मुटुले रगतपम्प गरेर शरीरका सबै अंगमा पुर्याई तत्कालफिर्ता गर्ने क्रमजारी राख्छ त्यसैगरी राजधानी उपत्यकाले पनि दैनिक लाखौं मान्छे भित्रबाहिर गराइरहन्छ । त्यसमा पनि करिबचार सय वर्गकिलोमिटर क्षेत्रफलओगट्ने राजधानी काठमाडौं उपत्यकामा करिब ५० लाख जनसंख्याको बसोवास छ । यो भनेको ज्यादै बाक्लो जनघनत्वहो । यस्तो जनघनत्वभएको ठाउँमा सचेत हुँदाहुँदै पनि सामाजिक दुरी कायम राख्न संभव छैन । सजिलै एक व्यक्तिबाटअर्को व्यक्तिमा संक्रमणहुन्छ ।

संक्रमण वृद्धिको संख्यात्मक हिसाबले छिमेकीमुलुक भारतले विश्वका सबै मुलुकलाई उछिनेको छ । हाम्रो भारतसँग खुला सिमाना छ । खुला सिमानामा आवतजावत नियन्त्रण सहज छैन । त्यसमा पनि हाम्रो सरकारी संयन्त्रज्यादै नै भ्रष्ट छ । दुई सय रुपैयाँसम्म घुस लिएरबोर्डर वारपार गराउन प्रहरीकै संलग्नता रहने गरेका समाचार आइरहेकाछन् । त्यसैले सानो प्रयासले अब यो विकराल अवस्थाको सामनागर्न सकिन्नँ । अधिकार सम्पन्न सर्वदलीय संयन्त्रबनाउनु जरुरी भइसकेको छ ।

प्रतिक्रिया